Logo

‘पाकिस्तानी सैन्य प्रतिष्ठानले पाकिस्तान चीनलाई बेचेको छ’



Spread the love

७ भदाै, एजेन्सी – अल्ताफ हुसेनले पाकिस्तानी सैन्य प्रतिष्ठानले पाकिस्तानलाई चीनसँग “बेचेको छ” बताएका छन् ।

मुत्तहिडा क्‍वामी मुभ्मेन्टलका संस्थापक अल्ताफले आरोप लगाउँदै सिन्धु, मोहाजीर, बलूच, पश्तोनविरूद्ध सैन्य अभियान राज्य अपराधविरुद्धको स्वतन्त्रताको संघर्षलाई दबाउने सेनाको नीति रहेको बताएका छन्

स्वतन्त्रताका पक्षधर पार्टीका कार्यकर्ता, समर्थक र मोहजीर, सिन्धु, बलूच र अन्यलाई सम्बोधन गर्दै उनले भने, “पञ्‍जाबी प्रतिष्ठानले ग्वादर र बलूचिस्तानको अन्य भाग चीनमा बेचेको छ, बलुचलाई उनीहरूको गाउँबाट विस्थापित गर्दैछ र उनीहरूको घरबार चीनको हातमा सुम्पिइएको छ । ग्वादर र अन्य केही संवेदनशील क्षेत्रहरू पूर्णतया चीनको नियन्त्रणमा छन् । यहाँका अधिकारीहरुलाई यसबारेमा केही जानकारी छैन ।”

अल्ताफले सिन्धमा पञ्‍जाबी प्रतिष्ठानले पनि दमनकारी नीति अपनाउँदै पोर्ट सिटी कराची र अन्य महत्वपूर्ण स्थानहरू चीनलाई हस्तान्तरण गरिएकोसमेत उल्लेख गरेका छन् ।

उनले चीनको आवश्यकताहरू पूरा गर्नका लागि विगत ६० वर्षदेखि कानुनीरुमा रहेका आवासहरु र बजार क्षेत्र ध्वस्त भइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्