Logo

नेपालमा कोरोना भाइरसको खोप परीक्षण गर्ने तयारी



Spread the love

७ भदाै, काठमाडाैँ – नेपालमा पनि कोरोना विरूद्धका सम्भावित खोपहरू परीक्षण गर्ने तयारी थालिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालमा कोरोना विरूद्धको खोपको परीक्षण गर्ने पकृया सुरू गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलबाट स्वीकृति लिएर अनुसन्धान प्रकृया अगाडि बढाइएको परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले जाानकारी दिएका छन् ।

उनका अनुसार कोरोना भाइरस विरूद्ध क्लिनिकल ट्रायलको फेजमा रहेका खोपहरूको नेपालमा परीक्षण गर्न परिषद्ले नेतृत्व गर्न लागेको हो ।

विश्वमा चीन, बेलायत तथा रूसले बनाएका भ्याक्सिन क्लिनिहकल ट्रायलको चरणमा पुगेका छन् भने भ्याक्सिन विकास गर्ने कम्पनीहरू पनि नेपालमा भ्याक्सिन परीक्षण गर्न इच्छुक रहेका छन् ।

पछिल्लो समय परिषद्ले कोरोना संक्रमितको उपचारमा ‘रेम्डेसिभिर’ औषधीको प्रभावकारिताबारे पनि अनुसन्धान गरिरहेको छ ।

बेलायती पत्रिका द गार्डियनका अनुसार अहिलेसम्म विभिन्न देशका १ सय ८५ वटा भ्याक्सिन विभिन्न चरणमा रहेका छन्। तीमध्ये १३८ वटा प्रि-क्लिनिकल चरण छन् भने २५ वटा पहिलो फेजमा छन्, १५ वटाको दोस्रो चरणको परीक्षण भइरहेको छ भने ७ वटा तेस्रो चरणको परीक्षणमा छन्।

प्रतिक्रिया दिनुहोस्