Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

८ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घटेको छ । हिजो ९ सय १८ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या ८ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ६१ हजार ७ सय ४९ जना संक्रमित हुँदा ८ सय ४६ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३१ लाख ५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २३ लाख ३६ हजारभन्दा बढी निको भइसकेका छन् भने ५७ हजार ६ सय ९२ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्