Logo

कोरोना संक्रमणबाट थप एकको मुत्यु , मृतककी दुई वर्षीया नातिनीसहित ३ जनामा कोरोना संक्रमण



Spread the love

८ भदौ, विराटनगर । सोमबार बिहान विराटनगरस्थित कोशी अस्पताल कोरोना उपचार केन्द्रमा उपचाररत थप एक पुरुषको मृत्यु भएको छ।

आइतबार राति करिब ९ बजे ६५ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि छ । मुत्यु हुनेमा विराटनगर महानगरपालिका ८ का ६५ वर्षीय पुरुषमा संक्रमणसँगै स्वासप्रस्वासमा समस्या भएको वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताएका छन् ।

मुत्यु पछि उनको परिवारका सदस्यको स्वाब नमूना टेस्ट गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वाथ्य महाशाखाले जनाएको छ । मृतकका परिवारमा दुई वर्षीया नाबालिकासहित अरु तीनजनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। मृतककी श्रीमती, २५ वर्षीया बुहारी र दुई वर्षीया नातिनीमा संक्रमण देखिएको हो।

प्रतिक्रिया दिनुहोस्