Logo

साँफेबगर नगरपालिका एक हप्ताको लागि सिल



Spread the love

८ भदौ, अछाम । अछामको साँफेबगर नगरपालिका एक हप्ताको लागि सिल गर्ने तयारी गरेको छ। साँफेबगर नगरपालिकाले मंगलबार साँझ ७ बजेबाट १४ वटै वडा पूर्णरुपमा सिल गर्ने भएको हो ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएर जोखिम बढ्दै गएपछि प्रकोप व्यवस्थापन केन्द्रको वैठकले एक हप्ताको लागि नगरपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।

साँफेबगर नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीमा समेत कोरोनाको संक्रमण देखिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्