Logo

हारपछि भावुक बनेका नेइमार – ‘हामी अन्तिमसँग लडिरह्यौँ, साथ र सहयोगका लागि धन्यबाद’



Spread the love

एजेन्सी । गएराती भएको च्याम्पियन्स लिगको फाइनल खेलमा वायर्न म्युनिखसँग हार ब्यहोरेको पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्डद्वय नेइमार र केलियन एमबाप्पे निकै भावुक बनेका थिए ।

खेलपछि उत्साह र उत्वसमा थिए बार्यनका खेलाडीहरु । तर नेइमारले भक्कानिएको मन थाम्न सकेनन् । मैदानबाट बाहिरिने क्रममा नेइमारले रोकेको पीडाको बाँध फुट्यो। खेलपछि औपचारिक कार्यक्रम अवधिभर नेयमारका आखाँ आँशुले रुझेका थिए ।

भावुक बनेका नेइमार र एमबाप्पेले समाजिक सञ्जालमार्फत भने वायर्नलाई बधाइ दिएका छन्।

‘हार खेलको एउटा पाटो हो। हामीले जित्नका लागि सबैथोक गर्‍यौ। अन्त्यसम्म लड्यौ,’ नेइमारले लेखेका छन्,’समर्थनका लागि सबैलाई धन्यवाद दिन चाहान्छौं। वधाइ वायर्न।’

२१ वर्षीय एमबाप्पेको च्याम्पियन्स लिग जित्ने सपना यो सिजन पूरा हुन सकेन। एमबाप्पेले उपाधि जित्न नसक्दा दुख लागे पनि वायर्नलाई बधाइ दिन भने चुकेनन्।

प्रतिक्रिया दिनुहोस्