Logo

ब्राजिलियन सिल्भाले छाडे पीएसजी



Spread the love

एजेन्सी । कप्तान थिएगो सिल्भाले फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका छन् । ३५ वर्षीय ब्राजिलियन सेन्टर ब्याक सिल्भाको पीएसजीसंगको सम्झौता सकिएको छ ।

च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसंग १-० ले पराजित भएपछि सिल्भाले पीएसजी छाडेका जानकारी दिएका थिए ।

पहिलो पटक सिल्भाको कप्तानीमा पीएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । ८ वर्ष पीएसजीमा रहँदा उनले ७ पटक फ्रेन्च लिग वान, ६ पटक फ्रेन्च लिग कप, ५ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्