Logo

एकै प्रदेशमा थपिए ५७ जना कोरोना संक्रमित



Spread the love

८ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा ५७ जना कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।

जसमा कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी कैलालीका मात्रै ४७ जना छन्।

यस्तै कञ्चनपुरका ९ जना र बैतडीका एक जनामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्