Logo

हाम्रो शरीरलाई मिनरल्स किन आवश्यक ?



Spread the love

प्रोटिन, भिटामिन तथा कार्बोहाइड्रेट जतिकै हाम्रो शरीरलाई मिनरल्स पनि उतिकै आवश्यक हुन्छ । मिनरल्सको अभावमा माइग्रेन, डिप्रेशन तथा मांसपेशी बाउडिने लगायतका समस्याहरु देखा पर्दछ । जोर्नी अररो हुने, थकान लाग्ने, हड्डीमा पीडा हुने लगायतको समस्या देखा पर्दछ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मिनरल्स आवश्यक हुन्छ । पाचन प्रक्रियालाई प्रभावकारी बनाउन तथा नसालाई सही काम गर्न कोबाल्ट नामक मिनरल्सको आवश्यकता हुन्छ ।

मिनरल्स हामी खानाको माध्यमबाट प्राप्त गर्न सक्दछौ । दाल, ड्राई फुड्स, दूध, चीज, अंकुरित गेडागुडीबाट पनि मिनरल्स पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्