Logo

अनौठो सुगा, जो यूट्युबमा भिडियो नहेरी बस्नै सक्दैन !



Spread the love

एजेन्सी । भारतको बिहारस्थित कटिहार जिल्लामा अनौठो सुगा छ, जसले यूट्युब हेर्न पाए मख्ख पर्छ भने नपाए हैरान हुन्छ ।

राजेशकुमार बर्माको घरमा रहेको मिट्ठू नामक सुगा घरका सदस्यसँग कुराकानी गर्ने, खेल्नेदेखि यूट्युबमा मन पर्ने भिडियो खोजेर हेर्ने गर्छ ।

यूट्युबमा त्यो सुगालाई यस्तो बानी परेको छ कि त्यो मोबाइल विना बस्नै सक्दैन । सुगा फोनलाई आफ्नो मुखको चुच्चोले खोलेर आफैं मोबाइलमा मन पर्ने भिडियो लगाएर हेर्छ ।

प्रतिक्रिया दिनुहोस्