Logo

विद्यार्थीको मृत्युले देशभर तनाव



Spread the love

८ भदाै, एजेन्सी – पाकिस्तानमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको मृत्युले तनावको अवस्था सिर्जना गरेको छ । कराची विश्वविद्यालयमा अध्ययनरत २५ वर्षीय हयात बलूचको हत्यामा बलूचका राजनीतिक दल र मानव अधिकारकर्मीहरूले आक्रोश व्यक्त गरेका छन्

फ्रन्टियर कोर (एफसी) द्वारा बलुचिस्तानको टर्बट सहरमा हयात बलूचको हत्या भएको थियो । उनको न्यायका लागि पाकिस्तानका विभिन्न शहरहरूमा मानिहरू भेला भएर प्रदर्शन गरिरहेका छन् ।

पाकिस्तानका मानिसहरूले सामाजिक सञ्जालमा पनि बलुचका लागि न्यायको मागसहित पाकिस्तना विरोधी पोस्टहरू गरीरहेका छन् ।

अधिकारकर्मीहरूले बर्षेनी बलुच जस्ता हजाराैँ निर्दोष व्यक्तिहरू मारिनुमा पनि सरकारको कमजोरी देखाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्