Logo

एकै परिवारका ८ जनामा देखियो कोरोना



Spread the love

८ भदाै, दाङ – दाङमा एकै परिवारका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा शान्तिनगर गाउँपालिका- ४ का एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शान्तिनगर गाउँपालिकाका सबैजना भदाै २ गते भारतबाट दाङ आएर क्वारेन्टाइनमा बसेको बताइएको छ ।

दाङमा क्वारेन्टाइनमा बसेका ४० जनाको स्वाब परीक्षण गर्दा एकै परिवारका ८ जना सहित ११ जनामा कोरोना पुष्टि भएको हो ।

दाङमा सोमबार थपिएका ११ जनासहित जम्मा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ पुगेको छ । त्यसैगरी लक्ष्मी बैंक घोराही शाखाको एक्सटेन्सन काउण्टरमा कार्यरत तीन जनामा लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएको शाखा म्यानेजर पदमकुमार केसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्