Logo

विजनेस कम्प्लेक्स बनाउन २० हिन्दु परिवारको घर सहित हनुमान मन्दिर भत्काइयो



Spread the love

८ भदाै, एजेन्सी – पाकिस्तानमा एउटा हिन्दु मन्दिर भत्काइएको छ । मुस्लिम समुदायको बाहुल्यता रहेको पाकिस्तानले कराचीस्थित ल्यारीमा रहेको हनुमान मन्दिर भत्काएको हो ।

त्यस्तै मन्दिरसँगै बसोबास गर्दै आएका २० परिवारको घरहरू पनि ध्वस्त बनाएको छ ।

स्थानीय हिन्दुहरू पुरानो मन्दिरको भग्नावशेषको वरिपरि जम्मा भएर विरोध गरेपछि प्रहरीले सो क्षेत्र सील गरेर अनुसन्धान सुरू गरेको छ । पाकिस्तानी पत्रिका ‘द एक्सप्रेस ट्रिब्युन’का अनुसार कराँचीका कमिशनरले घर तथा मन्दिर भत्काउन संलग्न हुनेबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

स्थानीयहरूले बताए अनुसार एक निर्माण कम्पनीले मन्दिर वरिपरिको जग्गा किनेर विजनेस मक्प्लेक्स बनाउन चाहेको थियो । उक्त कम्पनीले हिन्दु मन्दिर तथा उनीहरूको घरमा केही असर नगर्ने सम्झाैता गरेको थियो ।

पछिल्लो समय पाकिस्तानमा हिन्दु विरोधी गतिविधिहरू बढ्दै गइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्