Logo

एउटै अस्पतालमा २ जना कोरोना संक्रमितको मृत्यु



Spread the love

८ भदाै, काठमाडाैँ – नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार साँझ ललितपुरको पाटन अस्पतालमा थप २ जनाको मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाए अनुसार सोमबार मृत्यु हुनेमा काठमाडौं निवासी ७४ वर्षीय र धनुषा निवासी ७६ वर्षीय वृद्ध रहेका छन् ।

मृत्यु हुने २ जना कै शव व्यवस्थापनको तयारी नेपाली सेनाले गरिरहेको छ ।

त्यस्तै धरानको विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्