Logo

प्रदेश नं १ मा ६४ जना कोरोना सङ्क्रमित थपिए



Spread the love

८ भदाै, काठमाडाैँ – पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएकामा २४ महिला र ४० पुरुष छन् । थपिएका कोरोना सङ्क्रमितमा मोरङमा २९, सुनसरीमा १९, झापामा पाँच, धनकुटामा दुई, संखुवासभामा एक र प्रदेश बाहिरका आठ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

विराटनगरमा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोनाबाट सङ्क्रमित भएको पुष्टि भएको छ जसमा महिला १० र पुरुष १३ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । आज देखिने कोरोना सङ्क्रमितमा मोरङको सुन्दरहरैँचामा एक महिला र दुई पुरुष, बेलबारीमा एक महिला र एक पुरुष तथा जहदामा एक पुरुषमा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जिल्ला बाहिर सुनसरीको गढी गाउँपालिकामा तीन महिला र तीन पुरुष, दुहवीमा तीन पुरुष, बर्जुमा चार महिला र एक पुरुष, धरानमा दुई महिला र एक पुरुष, तथा इटहरीमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, झापाको बा¥हदशीमा एक महिला र चार पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा दुई पुरुष, संखुवासभाको खाँदबारीका एक पुरुष र प्रदेश बाहिरका एक महिला तथा सात पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ७२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित भई दुई जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा सुनसरीको धरान र विराटनगरका एक÷एक पुरुष छन् । यस प्रदेशमा मृत्यु हुनेको सङख्या १७ पुगेको छ । हालसम्म मृत्यु हुनेमा विराटनगरका १०, धरानका तीन, बुढीगंगा गाउँपालिकाका दुई, रंगेली र सुनबर्षीका एक÷एक जना रहेको मन्त्रालयले जनाएको छ ।

यस प्रदेशबाटबाट आज कोभिड–१९ आईसोलेसन केन्द्र रंगेलीबाट १२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एक हजार २८० पुगेको छ भने पछिल्लो २४ घण्टामा यस प्रदेशमा एक हजार ५५० जनाको पीसीआर परीक्षण भइ कुल ७८ हजार ७०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्