Logo

दसैंअघि नै विश्वविद्यालयका परीक्षा हुने



Spread the love

९ भदाै, काठमाडाैँ – विश्वविद्यालयका परीक्षाहरू दशैँअघि नै हुने भएका छन् । विश्वविद्यालयहरूका अनुसार कोरोना भाइरसका कारण रोकिएका परीक्षाहरू दशैँ अघि नै गर्ने जनाएका हुन् ।

उपकुलपतिहरूले कोरोना संक्रमणको अवस्था हेरेर अनलाइन अथवा परम्परागत माध्यमबाट परीक्षा गरिने बताएका हुन् ।

असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ बताइएको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए ।

त्यसैगरी त्रिभुवन विश्वविद्यालयले चार मोडलबाट परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । उपकुलपति धर्मकान्त बाँस्कोटाका अनुसार ती विधिबाट असोजभित्रै परीक्षा लिने बताएका छन् ।

बाँस्कोटाका अनुसार अनलाइन, आन्तरिक मूल्यांकन, ओपन बुक र परम्परागत विधिबाट परीक्षा सञ्चालन गरिनेछ ।

यसअघि भदाैको तेश्रो साताबाट परीक्षा लिने तयारी गरेका थिए । तर, कोरोना संक्रमणको अवस्था बिग्रँदै गएपछि पुनः स्थगित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्