Logo

नोभेम्बरको चुनावमा धाँधली हुने राष्ट्रपति ट्रम्पको दाबी



Spread the love

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरको चुनावमा धाँधली हुने दाबी गरेका छन् । उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्रेटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको बताए ।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै उनी विपक्षी डेमोक्रेटमाथि आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

रिपब्लिकन दलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ट्रम्पले विपक्षीहरुले कोरोना महामारीलाई अमेरिकी नागरिकलाई धोका दिन प्रयोग गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्