Logo

भरतपुर अस्पतालबाट एकजना कोरोना संक्रमित फरार



Spread the love

९ भदौ, चितवन। चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट एकजना कोरोना संक्रमित पुरुष फरार भएका छन् ।

आज विहान स्वास्थ्यकर्मीले खोजी गर्दा उनी अस्पतालको आइसोलेसनमा फेला नपरेको अस्पतालले जनाएको छ ।

केहिदिन अघि चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना पोजेटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्