Logo

रुपन्देहीका कोरोना संक्रमित पुरुषको मृत्यु, पर्सामा मृत्युपछि एकजनामा संक्रमण पुष्टि



Spread the love

९ भदौ, काठमाडौं । भैरहवाको भीम अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना संक्रमितको ज्यान गएको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ का ५३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

एक साताअघि घरको छतबाट लडेर गम्भीर घाइते भएका संक्रमितमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, वीरगञ्जको नारायणी अस्पतालमा दुई दिन अगाडि मृत्यु भएका पर्साको जिराभवानी गाउँपालिकाका ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्