Logo

शनिबार नेकपा सचिवालयको बैठक बस्दै



Spread the love

९ भदौ, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफलका सकिएको छ । भदौ १३ गते पार्टी सचिवालयको बैठक बोलाउने तयारी गरिएको प्रचण्ड प्रेस संयोजक विष्णु सापकोटा जानकारी दिए ।

बिहान करिब साँढे ९ बाट सुरु भएको छलफल साँढे ११ सम्म चलेको थियो।

नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन महासचिव विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिवार आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो ।

प्रतिवेदनमा दुई अध्यक्षले समान धारणा बनाएपछि सचिवालय बैठकमा लैजाने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्