Logo

कोरोना कहर – मास्क कसरी लगाउने र कस्तो लगाउने?



Spread the love

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट जोगिन मास्क लगाउनुपर्छ। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई थाहा नहुन पनि सक्छ । हामी सर्जिकल मास्क वा एन–९५ मास्क दुई–तीन दिन लगातार लगाउने र धोएर फेरि प्रयोग गर्ने गर्दछौं ।

महामारीको समयमा मास्क लगाएर हिँड्दा त्यसको बाहिरी भागमा संक्रमित व्यक्तिको थुकको छिटा परेको हुन सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ। त्यसैले, मास्क भोलिपल्ट फेरि प्रयोग गर्नु पर्छ।

यसबीच मास्क च्यात्तियो, प्वाल पर्‍यो वा मैलियो भने फेरिहाल्नुपर्छ। च्यात्तिएको मास्कले हामीलाई भाइरसबाट जोगाउँदैन।सँगसँगै, आफूले खोक्दा वा हाच्छिउँ गर्दा थुकका छिटाले मास्कको भित्री भाग भिजेको छ भने पनि अर्को फेरिहाल्नु पर्छ।

पछिल्लो समय नेपालमा पनि कपडाको मास्क सिलाएर लगाउने चलन बढेको छ। मास्क बनाउँदा दुई खालका कपडा प्रयोग गर्नुपर्छ। कटन र फलाटिनका कपडा बढी प्रचलित छन्। यसरी दुई किसिमका कपडाको पत्र राखेर बनाइएको मास्क सुरक्षित हुने स्वास्थ्य विदहरु बताउँछन् ।

आफूलाई लक्षण नदेखिएको भए पनि मास्क लगाउन अत्यन्तै आवश्यक रहेको स्वास्थ्य बिदहरु बताउँछन् । सबैले सर्जिकल मास्क, एन–९५ मास्क वा दुई–तीन तहको कपडाको मास्क लगाएर हिँड्यौं र सही ढंगले लगायौं भने कोरोना भाइरसको महामारी आफैं नियन्त्रण हुने विभिन्न अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्