Logo

पाँच महिनापछि जेल मुक्त भए रोनाल्डिन्हो



Spread the love

एजेन्सी । ब्राजिलका फुटवल स्टार रोनाल्डिन्हो जेल मुक्त भएका छन् । पाराग्वेका न्यायधिश गुस्ताभो अमरिल्लाले रोनाल्डिन्हो र उनका दाईलाई झन्डै पाँच महिनापछि जेलबाट मुक्त गरेका हुन् ।

रोनाल्डिन्होलाई ६९ हजार पाउन्ड जरिवाना समेत तोकिएको छ । विश्वकप विजेता साथै बालुन डि’ओर उपाधि हात पारेका स्टार फुटबलर रोनाल्डिन्होलाई प्रहरीले पक्राउ गरेपछि विश्वभरका उनका समर्थक दुखी बनेका थिए।

नक्कली पासपोर्ट र कागजातसहित पाराग्वे प्रवेश गरेको आरोपमा रोनाल्डिन्हो र उनका दाई रोवर्टाे गत मार्चमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्