Logo

शौचालय जाँदा लडेर सशस्त्र प्रहरीको मृत्यु



Spread the love

९ भदौ, प्युठान । प्युठानमा शौचालय जाने क्रम एक जना प्रहरीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नगरपालिका वडा नम्बर दुईका ३५ वर्षीय द्रोण कुमार विष्ट रहेको प्युठान प्रहरीले जनाएको छ ।

आफ्नै घरको शौचालयमा जाँदा लडेर घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलले सल्लेरी खबरलाई बताए ।

विष्ट सशस्त्र प्रहरी बल नं. ६ गण सिन्धुपाल्चोकमा कार्यरत वरिष्ठ हवलदार हुन् । घटना बारे थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जनाएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्