Logo

सूचना प्रविधि अधिकृतद्वारा जन्म दिनको खर्चबाट २० थान भिटिएम सहयोग



Spread the love

९ भदाै, गुल्मी – गुल्मीका एक सूचना प्रविधि अधिकृतले उदाहरणीय कार्य गरेका छन् । जिल्लाको इस्मा गाउँपालिकाका सूचना प्रविधि अधिकृत बाबुलाल थापाले जन्म दिनको खर्च कटाएर गाउँपालिकालाई २० थान कोभिड–१९ परिक्षण भिटिएम प्रदान गरेका छन् ।

पछिल्लो समय जन्म दिन मनाउने प्रचलन भड्किलो बन्दै गइरहेको परिस्थितिमा सूचना अधिकृत थापाले नेपाली समाजमा गतिलो उदाहरण छोडेका छन् ।विश्व जगत नै कोभिड–१९ का कारण अस्तव्यस्त बनेको अवस्थामा आँफुले गाउँपालिकालाइ थोरै भए पनि सहयोग गरेको थापाले बताए ।

बिहिवार गाउँपालिका अध्यक्ष लक्ष्मण विस्ट, उपाध्यक्ष बिमला खत्री , निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण महत सहितको टोलिलाई उनले २० थान भिटिएम हस्तान्तरण गरेका हुन् ।

यता गाउँपलिकाले पनि थापाको कार्यलाई उदाहरणीय भन्दै चर्चा गरेको छ । गाउँपालिका अध्यक्ष विस्टले सल्लेरी खबरलाई भने, “कोरोना भाइरसका कारण आक्रन्त बनेको गाउँपालिकालाई कर्मचारीले गरेको सहयोग निकै उदाहरणीय र अतुलनीय छ । म उहाँको प्रगतिको कामना गर्द्छु ।”

त्यस्तै यता गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्रीले पनि धन्यवाद ज्ञापन गर्दै जन्म दिनको शुभकामना व्यक्त गरेकी छन् ।
थापा विगत तीन वर्षदेखि इस्मा गाउँपालिकामा सूचना प्रविधि अधिकृतको रुपमा कार्यरत छ्न् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्