Logo

सन्दिपको उत्कृष्ट प्रदर्शनमा जमैकाको दोश्रो जीत



Spread the love

१० भदाै, काठमाडाैँ – सन्दिप लामिछानेको उत्कृष्ट बलिङको सहयोगमा क्यारेवियन प्रिमियर लिग सीपीएलमा जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ ।

खेलमा पहिले ब्याटिङ गरेको गुयाना अम्याजन वारियर्स २० २० ओभरमा नौ विकेट गुमाएर एक सय ८ रन बनाएको थियो ।

त्यस्तै वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो । जमैकाका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रनको योगदान गरे ।

जमैकाका लागि सन्दिपले बुधबार पनि उत्कृष्ट खेल प्रस्तुत गरे । उनले चार ओभरमा १२ रन मात्रै दिएर एक विकेट लिए ।

सन्दिप सम्मिलित टिम जमैकाले चार खेल खेल्दा २ खेलमा जीत र २ खेलमा हार व्यहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्