Logo

क्वारेन्टिनमा नबस्ने महिलालाई छ महिना जेल सजाय



Spread the love

१० भदाै, एजेन्सी – पश्चिमी अस्ट्रेलियामा कोरोना भाइरस नियन्त्रणको प्रोटोकल उल्लंघन गरेको भन्दै छ महिना जेल सजाय सुनाइएको छ ।

अस्ट्रेलियाकी २८ वर्षिय महिलाले भिक्टोरियाबाट जाने क्रममा क्वारेन्टिनमा नबसेर ‘इमर्जेन्सी म्यानेजमेन्ट याक्ट’ उल्लंघन गरेको भन्दै छ महिना सजाय सुनाइएको हो ।

त्यी २८ वर्षिय महिला आफन्तको घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनी १४ दिन होटल क्वारेन्टिनमा बस्ने सर्तमा भिक्टोरिया आएकी थिइन् ।

मंगलबार उनलाई भिडियो कन्फ्रेन्स मार्फत अदालतले ५ महिना सजाय सुनाएको हो ।

अस्ट्रेलियामा कोरोना नियन्त्रण गर्न कडा नियम बनाइएको छ । त्यस्तो नियम उल्लंघन गर्नेलाई १ वर्ष जेल सजाय सहित ५० हजार डलर सम्म सजाय गर्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्