Logo

कोरोनाभाइरस संक्रमणबाट थप ४ जनाको मृत्यु



Spread the love

१० भदौ, काठमाडौं। कोरोनाभाइरस संक्रमणबाट पाटन अस्पतालमा उपचार गराइरहेका ५४ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।

त्यस्तै, मोरङको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा विराटनगरकी एक महिलाको पनि संक्रमणबाट मृत्यु भएको छ ।

विराटनगर –१५ की ४४ वर्षीया महिलाको गएराति उपचारको क्रममा ज्यान गएको हो । उनी स्वासप्रस्वास सम्बन्धी समस्याका कारण मंगलबार अस्पताल भर्ना भएकी थिइन्।

कैलालीको गोदावरी नगरपालिकाका- ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा बुधबार विहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, विराटनगरको निजी अस्पतालमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । न्यूरो अस्पताल विराटनगरमा ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्