Logo

काठमाडौं उपत्यकामा एक सातासम्मका लागि लम्बियो निषेधाज्ञा



Spread the love

१० भदौ, काठमाडौं । उपत्यकामा संक्रमण दर बढ्दो अवस्थामा रहेकाले काठमाडौं उपत्यकामा एक सातासम्मका लागि निषेधाज्ञा थपिएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीचको छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

यसअघि भदौको ३ को मध्यरातिबाट लागू भएको निषेधाज्ञा आज मध्यरातिबाट सकिँदै थियो । अत्यावश्यक सेवा तथा वस्तुमा बाहेक पहिलेको भन्दा कडा तरिकाले निषेधाज्ञा कार्यान्वयन गर्ने निर्णय भएको छ।

प्रतिक्रिया दिनुहोस्