Logo

आज कति छ नेपाली बजारमा सुनको मूल्य ?



Spread the love

१० भदौ, काठमाडौं । पाली बजारमा पछिल्लो एक सातादेखि सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यही भदौ ३ गतेदेखि स्थानीय बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । लगातार घटेको सुनको मूल्य मंगलबार ७ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आइतबार सुन तोलामा ४ सय रुपैयाँ र सोमबार ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ३ सय १० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्