Logo

बुबा बितेको २० दिनपछि कोरोनाले लियो छोरीको ज्यान



Spread the love

१० भदाै, विराटनगर – बुबाको मृत्यु भएको २० दिनपछि कोरोना संक्रमणबाट छोरीको पनि मृत्यु भएको छ । यो घटना विराटनगरको हो ।

पारिवारिक श्रोतका अनुसार ७० वर्षीय बुवाको साउन २३ गते मृत्यु भएको थियो । बुबाको किरिया बसेकी ४४ वर्षिया छोरीमा निमोनियाको समस्या देखियो ।

पारिवारिक श्रोतले दिएको जानकारी अनुसार मृतक बुबा पहिलेदेखि नै स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए । २३ गते मृत्यु भएका उनको भने कोरोना रिपोर्ट नेगेटेभ आएको छ ।

तर, बुवाको काजकिरियामा बसेकी छोरीको भने कोरोना संक्रमणबाट निधन भएको छ । परिवारका सदस्यले बताए अनुसार काजकिरियामा बस्दा देखि नै उनमा ज्वरो आउने जस्ता समस्या देखिएका थिए । उपचारका क्रममा उनमा निमोनिया समेत देखिएको बताइएको छ ।

त्यसपछि थप उपचारका क्रममा स्वाब संकलन गरेर परीक्षण गर्दा ति महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो भने मंगलबार उनको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्