Logo

श्रीकृष्णलाई विकिनी लगाएकी महिलासँग रहेको चित्र बनाउनेलाई कारबाहीको माग



Spread the love

१० भदाै, एजेन्सी – श्री कृष्ण चैतन्य अन्तर्राष्ट्रिय समाज (इस्कोन) ले श्रीकृष्णलाई विकिनी महिलासँग रहेको चित्रकला बनाउने बनाउने कलाकारलाई कारबाही गर्न माग गरेको छ । आसामस्थित एक कलाकार अक्रम हुसेनले आफ्नो चित्रकलामार्फत भगवान श्री कृष्णलाई विकिनी लगाएकी महिलाले वरिपरी रहेको बनाइएपछि चर्को विरोध भइरहेको छ ।

सन् २०१५ मा बनाएको उक्त पेन्टिङ माइक्रो बलिङ साइट ट्विटरमा राखेपछि इस्कोनले आसामा मुख्यमन्त्री सर्बानन्द सोनोवालाई आग्रह गर्दै अक्रमलाई कारबाहीको माग गरेका हुन् ।

त्यसैगरी इस्कोनले शिक्षामन्त्री हिमान्ता विश्व शर्मालाई पनि उनको अपमानजनक चित्रकला बनाउनेमाथि कडा कारबाहीको माग गरेका छन् ।

सन् २०१५ बनाएको अक्रमको यो चित्रकलाले हिन्दुधर्ममाथि प्रहार गरेको जनाइएको छ । हिन्दु धर्मालम्बीहरुले आठौं अवतारको रुपमा मान्‍ने श्री कृष्णलाई गोपिनीहरुले घेरेको हुन्थ्यो । त्यसला अहिले गलतरुपमा प्रस्तुत गरिएको छ ।

शिक्षामन्त्री शर्माले उक्त समस्या समाधान भइसकेको र अहिले आर्ट ग्यालरीमा त्यस्तो कुनै पेन्टिङ नभएको बताएका छन् । गुहाटी प्रहरीले पनि उक्त पेन्टिङ सन् २०१५ मा नै बरामद गरेको बताएको छ ।

publicnewsagency

प्रतिक्रिया दिनुहोस्