Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो, कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड



Spread the love

११ भदाै, एजेन्सी – पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको छ । हिजो १ हजार ६६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाउँदा आज सो संख्या १ हजार १७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट ७५ हजार ९ सय ९५ जना संक्रमित हुँदा १ हजार १७ जनाको मृत्यु भएको हो ।

अहिलेसम्म भारतमा ३३ लाख ७ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि हुँदा ती मध्ये २५ लाख २३ हजारभन्दा बढी निको भइसकेका छन् भने ६० हजार ६ सय २९ जनाको मृत्यु भइसकेको छ ।

कोरोनाबाट प्रभावित देशमध्ये भारत तेश्रो स्थानमा रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमित अहिलेसम्मकै सबैभन्दा धेरै हुन् ।

प्रतिक्रिया दिनुहोस्