Logo

सिपिएल – ब्याटिंग नचल्दा जमैका पराजित, सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन



Spread the love

एजेन्सी । क्यारेबियन प्रिमियर लिग अन्तर्गत पाँचौ खेलमा सन्दिप लामिछाने आबद्ध जमैका तलावाजले डिफेन्डिङ च्याम्पियन बार्बेडोस ट्राइडेन्ट्ससंग ३६ रनले पराजित भएको छ।

पहिले ब्याटिङ थालेको बार्बेडोसले ७ विकेटको नोक्सानीमा १४९ रनको लक्ष्य बनाएको थियो । केयल मेयर्सले बिस्फोटक ब्याटिङ गर्दै ८५ रन जोडेपछि बर्बाडोसले मध्यम योगफल तयार पारेको थियो ।

जमैकाका मुजिद उर रेहमानले ३ तथा सन्दीपले २ विकेट लिए । फिडेल इडवार्ड र कार्लोस ब्रेथवेटले एक-एक विकेट हात पारे । सन्दीपले ४ ओभर बलिङ गर्दै १६ रन दिएर २ विकेट हात पारेका थिए । सन्दीपले सीपीएलको उत्कृष्ट प्रदर्शन जारी छ ।

विजयी लक्ष्य पछ्याउने क्रममा जमैका २० ओभरमा ९ विकेट गुमाएर ११२ रन मै समेटियाे। जमैकाको लागि क्रुमाह बोनरले सर्वाधिक ३१ रन बनाए भने जर्मेन ब्ल्याकवुडले २८, मुजिब उर् रहमानले १८ तथा चाडविक वाल्टनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हारसंगै जमैका ५ खेलमा २ जित र ३ हार पछि अंकतालिकामा ४ अंक सहित पाँचौ स्थानमा पुगेको छ।

जमैकाले लिगमा आगामी खेल सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्ससंग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्