Logo

महाराजगञ्जमा कार्यरत २२ र जनसेवाका २० जना प्रहरी अधिकारीमा कोरोना संक्रमण



Spread the love

१० भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा कार्यरत २२ जना प्रहरी कोरोना संक्रमित भएका छन् ।

मनमैजु हत्या प्रकरणका आरोपितलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा २२ जना प्रहरीमा कोरोना संक्रमण महानगरीय प्रहरी परिसरले जनाएको छ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण देखिएको छ ।

संक्रमित हुनेमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारी रहेको काठमाडौं प्रहरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्