Logo

कोरोना संक्रमणबाट बाराकी गर्भवती र किस्ट अस्पतालमा उपचाररत बिरामीको मृत्यु



Spread the love

११ भदौ, काठमाडौं । बाराकी कोरोना संक्रमित एक गर्भवती महिलाको नारायणी अस्पतालमा मृत्यु भएको छ । हर्दियानिवासी २३ वर्षीया महिलाको आज विहान मृत्यु भएको हो । महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै, ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोभिडसँग मिल्दोजुल्दो लक्षण लिएर गत ७ गते भर्ना भएका उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्