Logo

अफगानिस्तानमा बाढीपहिरोमा परि मृत्यु हुनेको संख्या एक सय नाघ्यो



Spread the love

एजेन्सी । अफगानिस्तानमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या एक सय नाघेको छ। बाढीले उत्तरी क्षेत्रको परवान राज्यमा बढी क्षति पुर्‍याएको छ ।

भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी जारी रहेकाले मृतकको संख्या बढनसक्ने अनुमान गरिएको छ । बाढी पहिरोमा परेर पाँच सय भन्दा बढी घरहरु भत्किएका छन् ।

प्रभावित क्षेत्रमा उद्दार र राहतको काम जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्