Logo

निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य फेरि बढ्याे



Spread the love

११ भदौ, काठमाडौँ । निरन्तर ओरालो लागेको सुनचाँदीको भाउ आज फेरि बढेको छ ।

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ ४ सयले घटेर तोलाको ९६ हजार ८ सय रुपैयाँमा झरेको थियो ।

यस्तै चाँदीको भाउ आज ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्