Logo

भारतमा एकैदिन थपिए अहिलेसम्मको सबैभन्दा धेरै कोराना संक्रमित



Spread the love

एजेन्सी । भारतमा पछिल्लो २४ घन्टामा अहिलेसम्मको सबैभन्दा धेरै ७६ हजार सङ्क्रमित भेटिएका छन् । एकैदिन भारतमा ७५ हजार ७६० जना सङ्क्रमित भएको सरकारी अधिकारीहरुले जानकारी दिए ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २३५ पुगेको छ । त्यसैगरी भारतमा सङ्क्रमित भएका मध्ये अहिलेसम्म ६० हजार ४७२ जनाको मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्याङ्क रहेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७७२ पुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्