Logo

कोरोना भाइरस विरुद्ध परीक्षण भइरहेको चिनियाँ खोपको मूल्य तोकियो, कति तोक्यो खोपको मूल्य ?



Spread the love

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध खोप विकासमा अग्रस्थानमा रहेको चीन आधिकारिक तथा गोप्य परीक्षण गर्ने भएको छ । कोरोनाभाइरस महामारी चीनमा सुरु भएर विश्वभरि फैलिएको हो ।

चीनले खोप विकास गरेमा के गर्छ भन्ने कुरा स्पष्ट छैन । चीनको कोरोनाभाइरस नियन्त्रयणसम्बन्धी प्रतिवेदनमा कोभिड–१९ को खोप चीनमा विकास र प्रयोग गरेपछि विश्वव्यापी जनस्वास्थ्य उत्पादनको रूपमा प्रयोग गरिने उल्लेख छ ।

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीले गत साता गएको महिनादेखि चीनका प्रमुख सरकारी कर्मचारीहरू माथि खोपको गोप्य परीक्षण गरिएको बताएका छन् । न्याश्नल हेल्थ कमिशनका जेङ जोङ्वेईले सरकारी टीभीमा आफूहरूले आपत्‍कालीन अधिकार प्रयोग गरेर सीमावर्ती क्षेत्रहरूमा विकासक्रममै रहेका खोप दिएको बताएका छन् ।

तस्बिरमा प्रयोगशालामा एउटी महिलाले खुसी हुँदै एउटा सानो बाकस समातेकी छन् । सिनोफार्मले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा गरेर यसको मूल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) तोकेको छ ।

डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन् । तर आवश्यक पर्ने ठूलो मात्रामा उपलब्ध हुन्छन् कि हुँदैनन् भन्ने मलाई थाहा छैन, प्राध्यापक काउलिङले भने । उनको विचारका सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड–१९ को खोप दिन सकिन्छ ।

चीनले अहिले यूएई, पेरु र आर्जेन्टिनामा हजारौँ व्यक्तिमा आधिकारिक रूपमा खोपको परीक्षण गरिरहेको छ । त्यो सरकार र औषधि कारखानाहरू बीचको विश्वव्यापी सहकार्यको अङ्ग रहेको छ ।

खोप निर्माण गर्न चीन दृढ देखिन्छ । विश्वभरि अन्तिम चरणका परीक्षणमा रहेका छमध्ये आधा खोप चिनियाँ हुन् । विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो ।

खोप निर्माण गरेपछि प्राप्त हुने प्रभावकारी स्थानबाट फाइदा लिन चीनले रणनीतिक योजना बनाउने ती कूटनीतिज्ञ बताउँछन्।

“उनीहरूले खोपको अनुसन्धानमा ठूलो लगानी गरेका छन्,” प्राध्यापक काउलिङ भन्छन्, “अनि त्यसको परिणाम पनि अहिले देखिदैँछ।” बिबिसी

प्रतिक्रिया दिनुहोस्