Logo

पोग्बा तथा न्डेम्बेलेलाई कोरोना संक्रमण



Spread the love

११ भदाै, एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका स्टार मिडफिल्डर पाउल पोग्बालाई कोरोना पोजेटिभ देखिएको छ । युनाटेड स्टार पोग्बालाई बिहीबार कोरोना पोजेटिभ देखिएको हो ।

युरोपियन नेसन्स लिग अन्तर्गत फ्रान्सको स्क्वाडमा परेका पोग्बा कोरोना पोजेटिभ देखिएसँगै स्क्वाडबाट बाहिरिएका छन् । पोग्वाको स्थानले इडुवार्डो कामाभिन्गाले पाएका छन् ।

पोग्बा अहिले इंग्ल्याण्डमै बिदा बनाइरहेका छन् ।

पोग्बासँगै टोटनह्यामका मिडफिल्डर टोन्गोय न्डेम्बेलेलाई पनि कोरोना संक्रमण भएको छ । फ्रान्सकै मिडफिल्डर न्डेम्बेले पनि बिहीबार कोरोना संक्रमण भएको हो ।

फ्रान्सका प्रशिक्षक डिडयर डेस्च्याम्पले न्डेम्बेलेलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्