Logo

डाक्टर गोविन्द केसीमाथि प्रहरीले निगरानी बढायो



Spread the love

१२ भदाै, काठमाडाैँ – डाक्टर गोविन्द केसीमाथि प्रहरीले निगरानी बढाएको छ । असहाय तथा अशक्तहरूको उपचारका लागि जुम्ला पुगेका केसीमाथि प्रहरीले थप निगरानी राखेको हो ।

साउनमा ४ बुँदे माग राख्दै केसीले ती माग पुरा नभए अनशनमा बस्ने बताएपछि प्रहरीले उनीमाथिको निगरानी कडा पारेको हो ।

तर, गोविन्द केसीले विज्ञप्ती निकाल्दै प्रशासनको आग्रहमा आफ्नो अनशन एकहप्ता पछि सारेको जानकारी दिएका छन् । उनले आफुले माग राखेको महिनादिन बितिसक्दा पनि सरकारले ती माग कार्यान्वयन गर्ने कुनै कदम नचालेको बताएका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्न, उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नुपर्ने माग डाक्टर केसीले राखेका थिए ।

प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया सुरू गर्नेपर्ने माग पनि केसीको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्