Logo

छिमेकी जिल्लामा संक्रमण बढेपछि एकहप्ता थपियो निषेधाज्ञा



Spread the love

१२ भदाै,स्याङ्जा – स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ क्षेत्रीले बताए ।

बैठकले एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दानापानी, दूध, इन्धन बोक्ने सवारी साधन, कूतनीतिक नियोगका सवारी साधन, प्रेस पास भएका सवारी साधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

त्यस्तैगरी कर्मचारी परिचयपत्रका आधारमा कर्मचारीका सवारी साधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन हुन पाउने प्रजिअ क्षेत्रीले बताए । निषेधाज्ञाको अवधिभर सार्वजनिक यातायात र निजी सवारी साधान जिल्लाभित्र र अन्तर जिल्लामा सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न दिने निर्णय भएको प्रजिअ क्षेत्रीले बताए । निर्माण सामग्रीका पसल तथा बैंकहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेर मात्रै सेवा प्रवाह गर्न निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्