Logo

नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



Spread the love

१२ भदौ, विराटनगर । शुक्रबार कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाका ८३ वर्षीय बृद्ध र मोरंगका ५६ वर्षीया महिला रहेका छन्।

मृत्यु भएका मध्य झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्धको उपचारका क्रममा विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।

 त्यसैगरि बेलबारी – ५ मोरङ घर भएकी ५६ वर्षीया महिलाकाे शुक्रबार बिहान मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्