Logo

हेटौंडामा बिहीबार ६१ जनाले जिते कोरोनाभाइरसलाई



Spread the love

१२ भदौ, हेटौंडा। हेटौंडाबाट बिहीबार एकैदिन ६१ जना संक्रमणमुक्त भएका थिए। मकवानपुरमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ११५ पुगेको छ ।

हेटौंडामा धेरै संख्यामा कोरोनामुक्त भएको यो पहिलो हो ।

हेटौंडा–६ गौरीटार आइसोलेसनबाट ३०, हेटौंडा आइसोलेसनबाट १ र होम आइसोलेसनमा रहेका ३० जना निको भएको हेटौंडा आइसोलेसनका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्