Logo

विद्यालयभित्र तास खेलिरहेका ११ जना पक्राउ



Spread the love

१२ भदौ, काठमाडौं । प्रहरीले चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा छापा मारेर खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा तास खेलिरहेकाहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बिहीबार दिउँसो उनीहरुलाई विद्यालयबाट पक्राउ गरेको इलाका प्रहरी जनाएको छ ।

पक्राउ परेकाहरु इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्