Logo

एकै जिल्लामा कोरोना सङ्क्रमणबाट थप २ जनाको मृत्यु



Spread the love

१२ भदौ ,चितवन । कोरोना सङ्क्रमणबाट चितवनमा थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष र हेटौडा उपमहानगरपालिका १९ का ७१ वर्षीया महिला रहेका छन्।

भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष भदौ पाँच गते श्वासप्रश्वासमा समस्या भइ पुष्पाञ्जली अस्पतालमा भर्ना भएका थिए। उनलाई भदौ आठ गते कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालको कोभिड –१९ स्रोत व्यक्ति फिजिसन चिकित्सक सन्दिप पाण्डेले जनाएका छन् ।

यस्तै कलेजमा उपचाररत वृद्धाको कोरानाले मृत्यु भएको छ। श्वासप्रश्वास सम्बन्धि समस्याका कारण भदौ सात गते कलेजमा उपचारका लागि आएकी महिलामा ९ गते सङक्रमण पुष्टि भएको थियो।

दुवै फोक्सोमा गम्भीर निमोनिया देखिएर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। सोही अस्पतालमा उपचाररत अर्का एक जना सङ्क्रमितको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्