Logo

एकै जिल्लामा थपिए ४२ जनामा कोरोना संक्रमित



Spread the love

१२ भदै, वीरगञ्ज । शुक्रबार पर्सामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा कुल ३ सय ८ स्वाब परीक्षण गरिएकोमा ती मध्ये पर्सा जिल्लाका ४२ जनामा संक्रमण देखिएको हो।

संक्रमण देखिनेमा पर्सागढी नगरपालिका ८ हरपुर र कालिकामाइ गाउँपालिकामा दुई/दुई जना रहेका छन् । वीरगञ्ज ११ श्रीपुरमा चार, राधेमाइ टोलमा ६ जना, नगवा र अशोकवाटीका टोलमा तीन/तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै वीरगञ्ज २१ लिपनी बिर्ता, छपकैया तथा पानीटंकी टोलमा समेत संक्रमीतहरु भेटिएका छन्। यसैगरी जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी र थुनुवामा रहेका दुई जनामा पनि कोरोना देखिएको छ।

प्रतिक्रिया दिनुहोस्