Logo

कोरोना संक्रमणबाट पोखरा र रुपन्देहीमा दुई जनाको मृत्यु



Spread the love

१२ भदौ, काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट पोखरा र रुपन्देहीमा एक एक जनाको ज्यान गएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा-१६ का ५२ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए।

त्यस्तै, तिलोत्तमा नगरपालिका-४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

भदौ ७ मा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस्