Logo

आज ९ सय २७ जनामा कोरोना संक्रमण देखिएसँगै कुन जिल्लामा कति संक्रमित थपिए ?



Spread the love

१२ भदौ, काठमाडौं । आज आइतबार थप ९ सय २७ जनामा कोरोना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । हिजोको तुलनामा आज कोरोना संक्रमण हुनो संख्या १८४ ले बढेको छ ।

२४ घण्टा याता ९ सय २७ जना कोरोना संक्रमण देखिएका मध्य काठमाडौं ३५०, रुपन्देहीका ७२ जना, भक्तपुरमा ५४, मकवानपुरका ५१, मोरङका ४७, सुनसरीका ४१, बाँकेका ३६, चितवनका २६, रौतहटका २१, धनुषाका २०, काभ्रेका १७, धादिङ र कास्कीका १६/१६ जना, झापाका १५, महोत्तरी र सर्लाहीका १३/१३ जना, सिराहाका १२ र नवलपुर,ललितपुरमा, दैलेख र कैलालीका ११/११ जना, डोटीका ९ जना, सप्तरीका ७, जुम्लाका ६, बारा र तनहुँका ४/४ जना, नुवाकोट र सल्यानका ३/३ जना, संखुवासभा, पाँचथर, सिन्धुली, सिन्धुपाल्चोक, लमजुङ, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी र बर्दियाका २/२ जना तथा इलाम, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, पर्सा, रसुवा, गोरखा, बाग्लुङ, दाङ, कञ्चनपुरका १/१ जनामा पनि संक्रमण पुष्टि भएको मन्त्रालयले बताएको छ ।

यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या  २० हजार २ सय ४२ पुगेको छ। उनीहरुमध्ये १९५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्