Logo

ब्राजिलियन सिल्भा चेल्सीमा अनुबन्धित



Spread the love

एजेन्सी । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट-जर्मन(पिएसजी) का डिफेन्डर थिआगो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले सिल्भालाई फ्रि ट्रान्सफरमा एक बर्षको लागि अनुबन्ध गरेको हो ।

३५ वर्षीय ब्राजिलियन सेन्टर ब्याक सिल्भाको पीएसजीसंगको सम्झौता सकिएको छ ।च्याम्पियन्स लिगको फाइनलमा बायर्न म्युनिखसंग १-० ले पराजित भएपछि सिल्भाले पीएसजी छाडेका जानकारी दिएका थिए ।

‘म चेल्सीमा सामेल हुन पाउँदा निक्कै खुसी छु। म अर्को सत्रको लागि फ्रान्क लाम्पार्डको रोमाञ्चक टोलीको एक हिस्सा हुन पाउँदा खुशी छु र सम्मानको लागि चुनौती दिन तयार छु’, सिल्भाले भने।

पहिलो पटक सिल्भाको कप्तानीमा पीएसजी च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । ८ वर्ष पीएसजीमा रहँदा उनले ७ पटक फ्रेन्च लिग वान, ६ पटक फ्रेन्च लिग कप, ५ पटक फ्रेन्च कप र ५ पटक फ्रेन्च च्याम्पियन्स ट्रफीको उपाधि हात पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्